राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सव स्मारिका प्रकाशन

ललितपुर — राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा प्रकाशित प्रथम वार्षिकोत्सव स्मारिका–२०८२ मा सहकारी क्षेत्रको नियमन, सुपरीवेक्षण र सुशासनतर्फ भएका उपलब्धि र भावी दिशाबारे प्रकाश पारिएको छ।

स्मारिकामार्फत प्राधिकरणले सहकारी क्षेत्रलाई मर्यादित, सुरक्षित र विश्वासयोग्य बनाउन दोस्रो तहको नियामकका रूपमा निर्वाह गरेको भूमिकाको समीक्षा गरिएको छ। पहिलो वर्षमै सहकारीहरूको विद्युतीय प्रणालीमार्फत दर्ता, अभिलेखीकरण, संस्थागत संरचना विकास तथा नियमन–सुपरीवेक्षण प्रणालीको सुरुवात गर्न सफल भएको उल्लेख गरिएको छ।

प्राधिकरणले विशेषगरी बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूमा सुशासन कायम गर्दै बचतकर्ताको रकम सुरक्षित बनाउने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ। लामो समयसम्म नियमन र सुपरीवेक्षणको स्पष्ट संरचना अभावमा देखिएका समस्यालाई सम्बोधन गर्न प्राधिकरणको स्थापना महत्वपूर्ण उपलब्धि भएको स्मारिकामा उल्लेख छ।

सहकारी क्षेत्रको अभिभावकका रूपमा प्राधिकरणले सुधारात्मक कदम र मार्गदर्शन गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। स्मारिकामा समेटिएका लेखहरू सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती र भावी सम्भावनामाथि केन्द्रित रहेको जनाइएको छ।

यस अवसरमा स्मारिका प्रकाशनमा सहयोग गर्ने सम्पूर्ण लेखक, सम्पादक मण्डल तथा सरोकारवाला निकायप्रति आभार व्यक्त गर्दै, आगामी दिनमा पनि सहकारी क्षेत्रको सुशासन प्रवर्द्धनका लागि निरन्तर सहकार्य रहने अपेक्षा गरिएको छ।

More From Author

मेयर कप टेबल टेनिस प्रतियोगिताको जिम्मेवारी खोकनालाई हस्तान्तरण

ललितपुर, २०८२।प्रयाग पोखरी डोजो, ललितपुरको आयोजनामा नेपाल कराते महासंघ तथा नेपाल सितोरियो करांते–डोजो प्राविधिक सहकार्यमा लोकतान्त्रिक जनआन्दोलनका शहीद सागर सिंह र ज्ञानबहादुर शाहीको सम्झनामा आयोजित ‘प्रयाग पोखरी डोजो ललितपुर दोस्रो स्मृति कराते प्रतियोगिता–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *