१८७औँ विश्व फोटोग्राफी दिवसको अवसरमा बंगलादेशका १२ जना फोटो पत्रकारद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

ललितपुर भाद्र ३ -ः १८७औँ विश्व फोटोग्राफी दिवसको अवसरमा बंगलादेशबाट नेपाल आएका १२ जना फोटो पत्रकारहरूले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन्।

नेपाल फोटो पत्रकार महासंघ (NFPJ) नेपालका पदाधिकारी तथा टोलीले बंगलादेशी फोटो पत्रकारहरूलाई पाटन दरबार क्षेत्रका ऐतिहासिक, सांस्कृतिक तथा कलात्मक सम्पदाबारे जानकारी गराउँदै अवलोकन गराएका हुन्।

अवलोकनका क्रममा फोटो पत्रकारहरूले पाटनका ऐतिहासिक मन्दिर, बहाल, दरबार क्षेत्र तथा मौलिक कला–संस्कृतिको तस्बिरसमेत खिचेका थिए।

More From Author

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा भूमि नन्दन कर्माचार्यको उम्मेदवारी

बालकुमारी–बल्खु ७.९ किलोमिटर चक्रपथ खण्डमा स्मार्ट स्ट्रीट लाइट सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *