ललितपुर, २०८२।प्रयाग पोखरी डोजो, ललितपुरको आयोजनामा नेपाल कराते महासंघ तथा नेपाल सितोरियो करांते–डोजो प्राविधिक सहकार्यमा लोकतान्त्रिक जनआन्दोलनका शहीद सागर सिंह र ज्ञानबहादुर शाहीको सम्झनामा आयोजित ‘प्रयाग पोखरी डोजो ललितपुर दोस्रो स्मृति कराते प्रतियोगिता–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ।

प्रतियोगिताको समापन समारोहमा वागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो भने वागमती प्रदेश सभा सदस्य माननीय रामकृष्ण चित्रकार विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले खेलकुदले युवामा अनुशासन, आत्मविश्वास र नेतृत्व विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले शहीदहरूको बलिदानबाट प्राप्त लोकतन्त्रलाई सुदृढ बनाउन खेलकुदमार्फत स्वस्थ र सक्षम पुस्ता तयार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।

प्रदेश सभा सदस्य चित्रकारले कराते जस्ता मार्शल आर्ट खेलले शारीरिक तन्दुरुस्तीका साथै मानसिक दृढता र आत्मअनुशासन विकास गर्ने बताउँदै यस्ता प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन गर्दै सभाका अध्यक्ष मनोज न्याछ्योंले प्रतियोगिता सफल रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण आयोजक समिति, खेलाडी, प्रशिक्षक, निर्णायक, प्रायोजक तथा उपस्थित अतिथिहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले शहीदहरूको स्मृतिमा आयोजना गरिएको यो प्रतियोगिता भावी दिनमा अझ व्यवस्थित र व्यापक रूपमा निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

More From Author

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सव स्मारिका प्रकाशन

ललितपुरमा नसर्ने रोग स्क्रिनिङ सम्बन्धी पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *