ज्यापु समाज यलको ३३औँ स्थापना दिवसमा झण्डोत्तोलन

Screenshot

ललितपुर भाद्र २५ -ः ज्यापु समाज यलले आफ्नो ३३औँ स्थापना दिवस झण्डोत्तोलन कार्यक्रमको आयोजना गरी मनाएको छ। स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, मा. प्रेमबहादुर महर्जनलगायत ज्यापु समाजका पदाधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समुदायका अगुवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा ज्यापु समाज यलका अध्यक्ष सन्तमान महर्जनले झण्डोत्तोलन गर्दै स्थापना दिवसको शुभारम्भ गर्नुभएको थियो। झण्डोत्तोलनपछि आयोजित कार्यक्रममा सहभागीहरूले ज्यापु समाजको योगदान, सामाजिक एकता, संस्कृति तथा सम्पदा संरक्षणको आवश्यकताबारे चर्चा गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सन्तमान महर्जनले ज्यापु समाज यलले स्थापना कालदेखि नै ज्यापु समुदायको भाषा, संस्कृति, परम्परा, कला, सम्पदा तथा सामाजिक पहिचानको संरक्षण र प्रवर्द्धनमा निरन्तर काम गर्दै आएको बताउनुभयो। बदलिँदो समयसँगै मौलिक संस्कृति र परम्परा संरक्षणमा थप चुनौती देखिएको उल्लेख गर्दै उहाँले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्न समाजले अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष महर्जनले समुदायको विकासका लागि आपसी एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने बताउँदै ज्यापु समाज यल आगामी दिनमा पनि समुदायको हित र सांस्कृतिक संरक्षणका क्षेत्रमा सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

३३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमले ज्यापु समुदायबीचको एकता, सहकार्य र मौलिक संस्कृति संरक्षणप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको सहभागीहरूले बताएका छन्।

More From Author

ललितपुरमा सशस्त्र प्रहरीद्वारा ८८ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल बरामद

Leave a Reply

Your email address will not be published. Required fields are marked *