
राहत सामग्री विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ तथा विदुर नगरपालिका वडा नं. १ का अध्यक्ष लेनिन रञ्जितलाई हस्तान्तरण गरिएको हो। नगरपालिकामार्फत सम्बन्धित विपद् पीडित परिवारसम्म राहत सामग्री वितरण गर्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको यल नेवाः समाजले जनाएको छ।



हस्तान्तरण गरिएको राहत सामग्रीमा खाद्यान्न, खाने तेल, जुस, पिउने पानी, भाँडा–बर्तन, साबुन, स्यानिटाइजर, ग्यास चुल्हो, प्रेसर कुकर, ब्ल्यांकेट, लुगा, तन्ना, पी–फोम, जीवनजल, मास्क तथा स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री रहेका छन्।
विपद्को कठिन परिस्थितिमा पीडित परिवारलाई तत्काल आवश्यक पर्ने दैनिक उपभोग्य तथा स्वास्थ्यसम्बन्धी सामग्री उपलब्ध गराउने उद्देश्यले राहत संकलन अभियान सञ्चालन गरिएको यल नेवाः समाजले जनाएको छ।
यल नेवाः समाजका अध्यक्ष नानीकाजी शाक्य तथा राहत संकलन तथा वितरण समितिका संयोजक विष्णुलाल सिकर्मीको संयोजनमा २१ वटा नेवाः जातीय समुदायको सहकार्यमा राहत संकलन तथा वितरण कार्य सम्पन्न गरिएको थियो। राहत सामग्री संकलन तथा वितरण कार्यलाई सफल बनाउन सहयोग गर्ने सल्लाहकारहरू, नामसंगति खल, भजन खल तथा विभिन्न सहयोगी व्यक्ति एवं संस्थाप्रति यल नेवाः समाजले धन्यवाद तथा आभार व्यक्त गरेको छ।
समाजले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
स्थानीय सरकारसँग समन्वय गरी राहत सामग्री वास्तविक तथा आवश्यकतामा रहेका पीडित परिवारसम्म पुर्याउने व्यवस्था मिलाइने बताइएको छ।
