
काठमाडौं, श्रावण १४- ः नेपाल उद्योग वाणिज्य महासंघ (FNCCi) ले महासंघका कार्यकारिणी सदस्य सविन श्रेष्ठको संयोजकत्वमा गठित समितिमा ललितपुर उधोग वाणिज्य संघका महासचिव भुमि नन्दन कर्माचार्य र पुर्व उपाध्यक्ष लोकमान शाक्य लाई महासंघ अध्यक्ष अञ्जन श्रेष्ठद्वारा मनोनित गरिएको छ । का .वा. अध्यक्ष सुरकुष्ण बैध उपाध्यक्ष नरेश लाल श्रेष्ठ कोषाध्यक्ष मनिस लाल प्रधान बाग्मति प्रदेशका अध्यक्ष बेद बहादुर श्रेष्ठ महासंघका कार्यकारीणी सद्स्य जिल्लाका नगरका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति मा महासंघमा भएको कार्यक्रममा मनोनयन पत्र हस्तान्तरण गरिएको छ।

स्वदेशी उत्पादनको प्रवर्द्धन, व्यापार विस्तार तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजारसँग नेपाली उद्यमी–व्यवसायीको पहुँच अभिवृद्धि गर्ने यस समितीको मुल उदेश्य हो ।

व्यापार मेला तथा प्रदर्शनीको प्रभावकारी सञ्चालन, व्यवस्थापन र समन्वयमा कर्माचार्यको अनुभव तथा सक्रिय सहभागिताले महत्वपूर्ण योगदान पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ। महासंघले हाल विभिन्न विषयगत समितिलाई पूर्णता दिँदै सदस्यहरूको मनोनयन प्रक्रिया अगाडि बढाइरहेको छ।

