विवाहपछि पनि सपनाको उडान : ‘मिसेस नेपाल वर्ल्ड’ हुँदै अन्तर्राष्ट्रिय मञ्चतर्फ नेपाली महिला

ललितपुर, साउन ६ -: विवाहपछि महिलाको जीवन घरपरिवारमै सीमित हुन्छ भन्ने परम्परागत सोचलाई चुनौती दिँदै नेपाली महिलाहरू आफ्नो प्रतिभा, आत्मविश्वास र क्षमतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न अघि बढिरहेका छन्।

विवाहित महिलाहरूको व्यक्तित्व, नेतृत्व क्षमता, सामाजिक योगदान र प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘Mrs. Nepal World’ प्रतियोगिताको २०२६ संस्करणका लागि आवेदन खुला गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताको अडिसन आगामी साउन २३ गते आयोजना हुनेछ।

यस वर्षको प्रतियोगितामा तीनवटा छुट्टाछुट्टै उपाधि प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन २१ वर्षदेखि ५० वर्ष उमेर समूहका विवाहित महिला योग्य हुनेछन्। सहभागीका लागि तौलसम्बन्धी कुनै निश्चित मापदण्ड नरहेको आयोजकले स्पष्ट पारेको छ।

प्रतियोगितामा सहभागी हुन कम्तीमा एकपटक विवाह भएको हुनुपर्ने प्रावधान राखिएको छ। यसले विवाहपछि पनि महिलाहरूले आफ्नो सपना, प्रतिभा र क्षमतालाई निरन्तरता दिन सक्छन् भन्ने सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकहरूको विश्वास छ।

‘Mrs. Nepal World’ विवाहित महिलाहरूका लागि आफ्नो पहिचान, व्यक्तित्व र क्षमता प्रस्तुत गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै गएको छ। प्रतियोगितामार्फत सहभागीहरूले आफ्नो प्रतिभा र नेतृत्व क्षमता प्रस्तुत गर्नुका साथै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गर्नेछन्।

प्रतियोगिताको विजेताले अन्तर्राष्ट्रिय ‘Mrs. World’ प्रतियोगितामा सहभागी भई विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। आयोजकका अनुसार प्रतियोगिताले सौन्दर्यलाई मात्र प्राथमिकता नदिई सहभागी महिलाहरूको व्यक्तित्व, आत्मविश्वास, प्रतिभा, नेतृत्व क्षमता र सामाजिक योगदानलाई समेत महत्व दिनेछ।

“विवाहपछि सपना सकिँदैन, बरु अझ ठूलो यात्राको सुरुवात हुन्छ,” भन्ने सन्देशसहित आयोजना हुँदै आएको ‘Mrs. Nepal World’ ले नेपाली विवाहित महिलाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ।

विवाहपछि पनि आफ्नो सपना पूरा गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना हुन लागेको यस प्रतियोगिताले नेपाली महिलाहरूलाई थप प्रेरणा दिने अपेक्षा गरिएको छ

More From Author

ललितपुर महानगरपालिका वडा नं. ३ मा ‘AI कलिङ’ सेवा शुभारम्भ

Leave a Reply

Your email address will not be published. Required fields are marked *