१५० दिने चर्या गीत प्रशिक्षण कार्यक्रम सम्पन्न

ललितपुर श्रावण ८ -ः ललितपुर महानगरपालिका वडा नं. १६ को सहयोगमा यशोधर महाविहारद्वारा आयोजित १५० दिने चर्या गीत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

समापन समारोहमा गुरु पूर्णउदय वज्राचार्य र अनुप वीर वज्राचार्यले प्रशिक्षण प्रदान गर्नुभएको थियो। प्रशिक्षणमा आजु जगतवीर वज्राचार्य, आजु रत्नमूनी वज्राचार्य, आजु मणिकराज वज्राचार्य, आजु चैत्यराज वज्राचार्य, विद्याराज वज्राचार्य, बुद्धरत्न वज्राचार्य, शान्तमान वज्राचार्य, पूर्णविजय वज्राचार्य, महेशमान वज्राचार्य, विजयरत्न वज्राचार्य, किश्वर नन्द वज्राचार्य, संजीव वज्राचार्य, अमोघवीर वज्राचार्य, गौतमवीर वज्राचार्य, लेखनसिं वज्राचार्य र मनिष वज्राचार्यलगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्यले चर्या गीत तथा वज्रयान परम्परासँग जोडिएको सांस्कृतिक ज्ञान, कला र मौलिक परम्पराको संरक्षण तथा पुस्तान्तरणमा यस्ता प्रशिक्षण कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

समापन समारोहमा प्रशिक्षण प्रदान गर्ने गुरुहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो भने प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

चर्या गीत नेपालका प्राचीन बौद्ध सांस्कृतिक तथा धार्मिक परम्परासँग जोडिएको महत्वपूर्ण अमूर्त सम्पदा मानिन्छ। यसको संरक्षण, अध्ययन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित प्रशिक्षणले स्थानीय सांस्कृतिक परम्पराको संरक्षणमा योगदान पुर्‍याउने आयोजकले जनाएको छ।

More From Author

विवाहपछि पनि सपनाको उडान : ‘मिसेस नेपाल वर्ल्ड’ हुँदै अन्तर्राष्ट्रिय मञ्चतर्फ नेपाली महिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *