लबिम मलमा द बडी शपको नयाँ स्टोर सञ्चालनमा

ललितपुर, बेलायतमा उत्पादित विश्वप्रसिद्ध नैतिक सौन्दर्य ब्रान्ड द बडी शप (The Body Shop) ले ललितपुरस्थित लबिम मलमा आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ। नयाँ स्टोर उद्घाटनसँगै कम्पनीले नेपाली ग्राहकहरूलाई उच्चस्तरीय तथा नैतिक सौन्दर्य सामग्री सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।

कम्पनीका अनुसार नयाँ खुद्रा स्टोरले ग्राहकहरूलाई केवल किनमेलको अवसर मात्र नभई ब्रान्डको मूल्य, दर्शन र उत्पादन प्रक्रियाबारे प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नेछ। नैतिक स्रोतको प्रयोग, सामुदायिक सशक्तिकरण तथा दिगो सौन्दर्यप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई केन्द्रमा राखेर स्टोरको डिजाइन तयार गरिएको छ।

आकर्षक तथा अन्तरक्रियात्मक गन्तव्यका रूपमा विकास गरिएको उक्त स्टोरमा ग्राहकहरूले द बडी शपका स्किनकेयर, बडीकेयर, हेयरकेयर तथा सुगन्धसम्बन्धी उत्पादनहरूको विस्तृत श्रृंखला अवलोकन र परीक्षण गर्न सक्नेछन्। साथै, उत्पादनहरूको विशेषता, तिनको स्रोत र वातावरणमैत्री उत्पादन प्रक्रियाबारे जानकारी हासिल गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

द बडी शपले विश्वभर नै प्राकृतिक सामग्रीको प्रयोग, पशु परीक्षणविरुद्धको अभियान तथा निष्पक्ष व्यापारको अभ्यासमार्फत आफ्नो विशिष्ट पहिचान स्थापित गर्दै आएको छ। लबिम मलमा नयाँ स्टोर सञ्चालनसँगै नेपाली उपभोक्ताले अन्तर्राष्ट्रियस्तरका सौन्दर्य तथा व्यक्तिगत स्याहारका सामग्रीहरू सहज रूपमा प्राप्त गर्न सक्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

कम्पनीका प्रतिनिधिहरूले नयाँ स्टोरले ग्राहकहरूलाई उत्कृष्ट किनमेल अनुभव प्रदान गर्नुका साथै जिम्मेवार र दिगो सौन्दर्यप्रतिको सचेतना अभिवृद्धिमा समेत योगदान पुर्‍याउने बताएका छन्।

लबिम मलमा खुलेको नयाँ स्टोर द बडी शपको नेपालमा बजार विस्तार गर्ने रणनीतिक योजनाको महत्वपूर्ण हिस्सा भएको बताइएको छ। कम्पनीले आगामी दिनमा पनि गुणस्तरीय सेवा तथा नवीन उत्पादनमार्फत नेपाली ग्राहकहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

More From Author

पत्रकारहरूको दुःख–मर्म बुझेको छु : नगर प्रमुख हरि गोविन्द श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *