ललितपुर सुनचाँदी व्यवसायी संघ र बि.एण्ड बि. हस्पिटल प्रा.लि.बीच आपसी सहकार्य

ललितपुर । ललितपुर सुनचाँदी व्यवसायी संघ र बि.एण्ड बि. हस्पिटल प्रा.लि.बीच आपसी सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित समझदारी पत्र (MOU) मा हस्ताक्षर गरिएको छ। एक कार्यक्रमका बीच सम्पन्न उक्त सम्झौताले संघका सदस्यहरू तथा उनीहरूको परिवारलाई स्वास्थ्य उपचार सेवामा सहुलियत तथा विशेष सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ।

सम्झौताअनुसार अब संघमा आबद्ध व्यवसायी तथा उनका परिवारजनले बि.एण्ड बि. हस्पिटलमा विभिन्न स्वास्थ्य सेवामा सहुलियत दरमा उपचार पाउने व्यवस्था मिलाइनेछ। यसले व्यवसायी समुदायको स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

दुवै संस्थाबीचको सहकार्यको पहिलो चरणअन्तर्गत यही २६ गते संघको सचिवालय भवनमा बृहत् स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श सेवा तथा रक्तदानजस्ता सामाजिक कार्यहरू सञ्चालन गरिने जनाइएको छ।

संघले यस्तो सहकार्यबाट आफ्ना सदस्यहरूको स्वास्थ्य हितलाई प्राथमिकतामा राख्दै भविष्यमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। साथै, बि.एण्ड बि. हस्पिटलले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

ललितपुर महानगरपालिका वडा नं. १६ को आयोजनामा “गौरवशाली महिला सम्मान कार्यक्रम” सम्पन्न

थेम्सको लहरमा तमोरको स्पर्श” नामक कविता संग्रह बिमोचित

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts