जुगु क्रियासंग्रह अन्तर्राष्ट्रिय संगोष्ठीको कार्यवृत्त पुस्तक विमोचन

ललितपुर, पुस ६ — बौद्ध विहार संघ, यल तथा लोटस रिसर्च सेन्टरको आयोजनामा “जुगु क्रियासंग्रह अन्तर्राष्ट्रिय संगोष्ठी” को कार्यवृत्त पुस्तक विमोचन समारोह भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा बौद्ध विहार संघका अध्यक्ष करुणा रत्न बज्राचार्यको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा प्रा.डा. बज्रराज शाक्य उपस्थित थिए।

समारोहमा प्रदेश सभासद माननीय शैलेन्द्रमान बज्राचार्य, अक्षयेश्वर महाविहार संरक्षण समितिका अध्यक्ष राजेश शाक्य, लोटस रिसर्च सेन्टरका अध्यक्ष डा. सुरेन्द्रमान बज्राचार्य, विद्वानहरू डा. गौतमवीर बज्राचार्य र मुकुन्द बिष्ट लगायतको उपस्थिति रहेको थियो। साथै, नेवा: बौद्ध शिक्षाका गुरु तथा विद्यार्थी वर्गको उल्लेखनीय सहभागिता देखिएको थियो।

अन्तर्राष्ट्रिय रूपमा जापानबाट अनलाइनमार्फत प्रोफेसर क्युमा र डा. लता शाक्यले संगोष्ठीमा सहभागिता जनाउँदै आफ्ना धारणा राखेका थिए। कार्यक्रममा ज्ञानेन्द्र शाक्यले गोष्ठीको सारांश नेपालभाषामा प्रस्तुत गरेका थिए।

यसैगरी, बौद्ध विहार संघ महिला समूहकी अध्यक्ष सुप्रभा शाक्यको सक्रिय सहभागिता रहेको कार्यक्रम सफल बनाउन आवश्यक स्रोत व्यवस्थापनमा जापानको Mie Universityले सहयोग गरेको जनाइएको छ।

उक्त कार्यक्रमले नेवा: बौद्ध परम्परा, ज्ञान तथा अनुसन्धानलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने महत्वपूर्ण पहलका रूपमा लिइएको आयोजकले जनाएको छ।

More From Author

बुंगमतीको करूणामय देगः मन्दिरको रंगबारे बहस : परम्परा कि नयाँ स्वरूप ?

ललितपुरमा हरिराम जोशी संस्कृति पुरस्कार र कदम पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *