कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पुनः बस्ने

ललितपुर, १० चैत — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार पुनः बस्ने भएको छ। पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा सानेपास्थित केन्द्रीय कार्यालयमा मंगलबारदेखि सुरु भएको बैठक बुधबार बिहान ११:०० बजे पुनः बस्नेगरी स्थगित गरिएको हो।

पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार मंगलबारको बैठकमा २८ जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए। “धारणा राख्ने क्रम जारी रहेकाले बैठक बुधबार बिहान ११:०० बजे पुनः बस्नेछ,” उनले जानकारी दिए।

बैठकमा विभिन्न समसामयिक तथा संगठनात्मक विषयमा छलफल भएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार निर्णयका लागि महामन्त्री प्रदीप पौडेलले समसामयिक राजनीतिक विषय, सुशासन प्रवर्द्धनमा पार्टीको भूमिका, संविधान संशोधन अध्ययनका लागि विज्ञसहितको समिति गठन, १५औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनलगायतका प्रस्ताव पेश गरेका छन्।

यसैगरी, प्रतिनिधिसभा सदस्यहरूको अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक अभियान, प्रदेश र स्थानीय सरकारको समीक्षा, भ्रातृ तथा शुभेच्छुक संस्थाको व्यवस्थापन, केन्द्रीय लेखा समिति गठन लगायतका विषय पनि बैठकको एजेण्डामा रहेका छन्।

मंगलबारको बैठकमा विभिन्न केन्द्रीय सदस्यहरूले धारणा राख्दै पार्टी सुदृढीकरण, संगठन विस्तार र समसामयिक राजनीतिक विषयमा सुझाव दिएका थिए। बैठकको सुरुआतमा सभापति थापाले मन्तव्य राख्दै छलफल प्रारम्भ गरेका थिए।

More From Author

नेपाली कांग्रेसको १५ओैं महाधिवेशन २६ देखि २६ सम्म गर्ने प्रस्तावललितपुर, १० चैत: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गर्नुभएको छ ।

ललितपुर महानगरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *