नेपाली कांग्रेसको १५ओैं महाधिवेशन २६ देखि २६ सम्म गर्ने प्रस्तावललितपुर, १० चैत: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गर्नुभएको छ ।

आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति वैठकमा सभापति थापाले २०८२ साल चैत २१ गतेदेखिको महाधिवेशन तयारीका कार्यतालिका प्रस्तुत गर्दै भदौ २६ मा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पेश गर्नुभएको हो।
सभापति थापाले पेश गरेको कार्यतालिकामा क्रियाशील सदस्यता वितरण र चैत २१ गतेदेखि चैत मसान्तसम्म अद्यावधिक विशेष अभियान चलाउने, २०८३ वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने प्रस्ताव गरिएको छ।
२०८३ जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाउने र असार १५ गतेसम्म केन्द्रले  सदस्यतामा आवश्यक छानबिन गरी टुंग्याउने गरी कार्ययोजना तय गरिएको छ ।
त्यस्तै असार मसान्तसम्म अध्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने र साउन ६ गते गाउँनगर अधिवेशन सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ।
प्रस्तावित तालिकाअनुसार साउन १२ गते गाउँ/नगर अधिवेशन, साउन २३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन ३० गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै क्षेत्र रहेका जिल्लाको अधिवेशन तोकिएको छ।
त्यस्तै, भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन र भदौ २४, २५ र २६ गते केन्द्रीय महाधिवेशन प्रस्ताव गरिएको छ। —

More From Author

विश्व पानी दिवस २०२६: पानीको वैज्ञानिक उपयोगमार्फत समृद्धि सम्भव — पूर्वमन्त्री गणेश शाह

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पुनः बस्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *