भाषा आयोगका सदस्य मानन्धरलाई श्रद्धाञ्जली

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा ले भाषा आयोगका सदस्य, वरिष्ठ पत्रकार एवं साहित्यकार सुरेशकिरण मानन्धर को पार्थिव शरीरमा बुधबार राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। 🕯️

५७ वर्षका मानन्धरको सोमबार बेलुका हृदयाघातका कारण उपचारका क्रममा मनमोहन कार्डियोलोजी केन्द्र, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा निधन भएको थियो।

उनको पार्थिव शरीरलाई काठमाडौँका विजेश्वरी, ढल्को, क्षेत्रपाटी, ट्यग, बागेमुढा, भेडासिं र नरदेवी हुँदै अन्तिम श्रद्धाञ्जलीका लागि परिक्रमा गराई अन्ततः इन्द्रायणी घाट मा अन्तिम संस्कार गरिएको छ। 🙏

मानन्धर नेपाली पत्रकारिता, भाषा तथा साहित्य क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए।

More From Author

वरिष्ठ पत्रकार एवं साहित्यकार सुरेशकिरण मानन्धरको हृदयघातबाट निधन

२०८२ फागुन २१ गतेको चुनावका लागि खटिएका निर्वाचन प्रहरी हातमा प्रमाणपत्र र मनमा गौरवका साथ बिदा

Leave a Reply

Your email address will not be published. Required fields are marked *