२०८२ फागुन २१ गतेको चुनावका लागि खटिएका निर्वाचन प्रहरी हातमा प्रमाणपत्र र मनमा गौरवका साथ बिदा

काठमाडौं । २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर खटिएका अस्थायी प्रहरी (निर्वाचन प्रहरी) हरूलाई प्रमाणपत्र प्रदान गर्दै बिदा गरिएको छ।

निर्वाचन अवधिभर मतदान केन्द्र तथा आसपासको क्षेत्रमा सुरक्षा व्यवस्थापन गर्दै शान्तिपूर्ण वातावरण कायम राख्न महत्वपूर्ण भूमिका खेलेका उनीहरूले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेका थिए।

कर्तव्य सम्पन्न गरेपछि उनीहरूलाई प्रमाणपत्र प्रदान गरी औपचारिक रूपमा बिदाइ गरिएको हो। हातमा प्रमाणपत्र र मनमा राष्ट्रप्रतिको कर्तव्य पूरा गरेको गौरवका साथ निर्वाचन प्रहरी आ–आफ्नो घर फर्किएका छन्।

More From Author

भाषा आयोगका सदस्य मानन्धरलाई श्रद्धाञ्जली

लगनखेलको न्हु पोखरीसँगै पार्क निर्माण हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *