ललितपुर । अखिल नेपाल भिक्षु महासंघ र थाई इन्डिया नेपाल धर्मदुत को संयुक्त आयोजनामा हुन गइरहेको “नेपाल कुलपुत्र प्रबज्या कार्यक्रम” सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न भएको छ।

ललितपुरस्थित अक्षेश्वर महाविहार मा आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले यही २६ फागुनदेखि १७ चैत्र २०८२ सम्म सञ्चालन हुने प्रबज्या कार्यक्रमको उद्देश्य, महत्व र तयारीबारे जानकारी दिएका छन्। कार्यक्रमको व्यवस्थापन तथा सहकार्य प्रबज्या सामाजिक नेपाल ले गर्ने जनाइएको छ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका प्रतिनिधिहरूले युवा पुस्तालाई बौद्ध शिक्षा, अनुशासन र नैतिक जीवनपद्धतिसँग जोड्ने उद्देश्यले “कुलपुत्र प्रबज्या” आयोजना गरिएको बताए। उनीहरूले बौद्ध संस्कार, ध्यान साधना तथा संयमित जीवनशैलीमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य रहेको उल्लेख गरे।

कार्यक्रम अवधिभर सहभागी कुलपुत्रहरूले बौद्ध परम्पराअनुसार अस्थायी भिक्षु जीवन अंगीकार गर्दै विनय, ध्यान, धर्मदेशना र आध्यात्मिक अभ्यासमा सहभागी हुनेछन्। आयोजकका अनुसार यसले युवामा आत्मअनुशासन, सामाजिक उत्तरदायित्व र नैतिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। आयोजकहरूले कार्यक्रमलाई सफल बनाउन सबै पक्षबाट सहयोगको अपेक्षा गरेका छन्।

More From Author

२५ हजार बत्तीको प्रकाशमा ८०x८० फिट ‘विश्वबज्र रत्न मण्डल’ सम्पन्न, ६५० भन्दा बढी सहभागी

सामाजिक अनुगमन र शिक्षाको नीति निर्माणमा सरकारको भूमिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *