पाटन अस्पतालको पार्किङ ठेक्का रद्द

ललितपुर — उच्च अदालत पाटनले पाटन अस्पतालमा सेवाग्राहीले पार्किङ गरेका सवारी साधनबाट शुल्क नलिन र पार्किङ व्यवस्थापन अस्पतालले नै व्यवस्थित गर्नुपर्ने आदेश दिएको छ। उक्त फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक भएको हो।

अदालतले अस्पतालजस्तो संवेदनशील सार्वजनिक सेवा प्रदायक संस्थामा उपचारका लागि आउने बिरामी तथा आफन्तबाट अतिरिक्त शुल्क लिनु उपयुक्त नहुने ठहर गरेको छ। साथै पार्किङ व्यवस्थापनलाई प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन अस्पताल प्रशासनलाई निर्देशन दिएको छ।

पाटन अस्पतालले यसअघि अस्पताल परिसरभित्र रहेको भूमिगत पार्किङ भाडामा दिने उद्देश्यले यही असोज महिनामा बोलपत्र आह्वान गरेको थियो। तर अदालतको आदेशपछि उक्त ठेक्का प्रक्रिया स्वतः प्रभावित भई रद्द भएको छ।

सरकारी तथा अधिकांश निजी अस्पतालहरूमा सेवाग्राहीका लागि पार्किङ सुविधा निःशुल्क उपलब्ध गराइँदै आएको सन्दर्भमा अदालतको यो निर्णयलाई सेवाग्राहीमैत्री कदमका रूपमा हेरिएको छ।

अदालतको आदेशपछि अब पाटन अस्पतालले पार्किङ व्यवस्थापन कसरी सञ्चालन गर्ने भन्नेबारे प्रशासनिक तयारी अघि बढाउने अपेक्षा गरिएको छ।

More From Author

सुशासन पुरस्कार–२०८२ बाट सुनील महर्जन सम्मानित

२५ हजार बत्तीको प्रकाशमा ८०x८० फिट ‘विश्वबज्र रत्न मण्डल’ सम्पन्न, ६५० भन्दा बढी सहभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *