लकस नेपालको निर्वाचन कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

ललितपुर — लकस नेपालको निर्वाचन कमिटीका संयोजक किरण शाक्यज्यूको सक्रियतामा निर्वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सम्पन्न निर्वाचन कार्यक्रमअनुसार संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ।

निर्वाचन परिणामअनुसार सुरजबीर बज्राचार्य अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। त्यसैगरी उपाध्यक्ष पदमा ज्ञानशोभा महर्जन चयन हुनुभएको छ।

संस्थाको सचिव पदमा धर्मकृष्ण सिकर्मी र कोषाध्यक्ष पदमा रश्मिला शाक्य सर्वसम्मत निर्वाचित हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा रमा तुलाधर बज्राचार्य, सुरेन्द्रमान शाक्य, राज्यलक्ष्मी बज्राचार्य, कुमारी तण्डुकार तथा झवेन्द्र प्रकाश भट्टराई चयन हुनुभएको छ।

नव निर्वाचित कार्यसमितिले लकस नेपालको उद्देश्यअनुसार संस्थालाई थप सशक्त, व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। निर्वाचन कार्यक्रममा उपस्थित सदस्य तथा शुभेच्छुकहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

More From Author

कुमारीपाटी जावलाखेल विकास संस्थाको पहिलो साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न

ललितपुर महानगरको आठौं हिउँदे नगरसभा सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *