कुमारीपाटी जावलाखेल विकास संस्थाको पहिलो साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न

ललितपुर — कुमारीपाटी जावलाखेल विकास संस्थाको पहिलो साधारण सभा तथा पहिलो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनमार्फत संस्थाको पहिलो कार्यसमिति गठन गरिएको हो।

अधिवेशनमा निर्वाचन समितिका निर्वाचन अधिकृत अधिवक्ता बाबु कृष्ण महर्जनले निर्वाचन प्रक्रिया सम्पन्न गरी नतिजा घोषणा गर्नुभएको थियो। निर्वाचनमा सबै पदमा निर्विरोध रूपमा नेतृत्व चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ।

निर्वाचन परिणामअनुसार पुष्परत्न शाक्य अध्यक्ष (President) पदमा निर्विरोध चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्ष (Vice President) पदमा प्रकाश खड्गी, अनिल श्रेष्ठ तथा बीरेन्द्र शाक्य चयन हुनुभएको छ।

संस्थाको सचिव पदमा पुरुषोत्तम शाही, कोषाध्यक्ष (Treasurer) पदमा किरण खड्गी निर्विरोध निर्वाचित हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा शैलेन्द्र शाक्य, कपिल शाही, बुलाल महर्जन तथा निर्मला खड्गी चयन हुनुभएको छ।

नवगठित कार्यसमितिले कुमारीपाटी–जावलाखेल क्षेत्रको सामाजिक, सांस्कृतिक तथा भौतिक विकासलाई प्राथमिकतामा राखी संस्थालाई अझ सशक्त र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशनमा सहभागी सदस्यहरूले नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

More From Author

कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदाः संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता

लकस नेपालको निर्वाचन कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

Leave a Reply

Your email address will not be published. Required fields are marked *