यल नेवा समाजको नयाँ कार्यसमिति गठन

ललितपुर । यल नेवा समाजको नयाँ कार्यसमिति गठन गरिएको छ। हालै सम्पन्न अधिवेशनबाट नानीकाजी शाक्य नायो (अध्यक्ष) मा चयन हुनुभएको छ।

नवगठित कार्यसमितिमा नि नायो (निवर्तमान अध्यक्ष) मा बिनोद ताम्राकार, न्वकु (उपाध्यक्ष) मा न्हुक्षबहादुर नेम्कुल, छ्याँजे (सचिव) मा संजय शर्मा राजोपाध्याय तथा ल्युँ छ्याँजे (सह–सचिव) मा विष्णुलाल सिकर्मी चयन हुनुभएको छ।

त्यसैगरी दाःभरी (कोषाध्यक्ष) को जिम्मेवारी दीपेन्द्रराज शिल्पकारले पाउनुभएको छ। कार्यसमिति सदस्य (का.स.दुज) हरूमा कृष्णदास कर्माचार्य, प्रकाश देउला, दिपेशमान जोशी र भीमनारायण नकर्मी रहनुभएको छ।

More From Author

सातौँ मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि सुरु हुने

१९औं वार्षिक साधारण सभा सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *