ललितपुर, १७ पुस । सानुराज (राज) घिमिरेको अध्यक्षतामा नेपाल उद्योग व्यापार महासंघ ललितपुरको ४१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।
मंगलबार ललितपुरको महालक्ष्मीस्थानमा सम्पन्न महासंघ ललितपुरको दोस्रो अधिवेशनले घिमिरेको नेतृत्वमा ५ जना उपाध्यक्षसहित १५ जना पदाधिकारी र २६ जना कार्यसमिति सदस्य रहने गरी नयाँ समिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित समितिको उपाध्यक्षमा नारायण नेपाल, तिर्थबहादुर लामा, महेश लामा, नवीन महर्जन र उषाकुमारी काफ्ले चयन भएका छन्। त्यसैगरी महासचिवमा अन्जन गौतम, उपमहासचिवमा राज कार्की तथा सचिवमा उपेन्द्र कलवार, सान्तबहादुर तामाङ र सञ्जय लामा चयन भएका छन्।
कोषाध्यक्षमा बेलमती रोकाया र सह–कोषाध्यक्षमा टिकाराम खगी तथा दीपक बुढा सर्वसम्मत चयन भएका छन्।
कार्यसमिति सदस्यहरूमा सरोज राई, विकासमान श्रेष्ठ, कृषु थापा, सुरेन्द्र तामाङ, नवराज सिलवाल, विनोद महर्जन, मिलन लामा, दिपु क्षेत्री, प्रकाश क्षेत्री, रञ्जु थिङ, दोर्जे तामाङ, रमेश बिसंखे, सूर्यबहादुर उपरकोटी, नवीन सिलवाल, संगीता विसंखे, सुन्दर लामा थिङ, प्रकाश तामाङ, कृष्ण सुनुवार, सानु तामाङ, झलक तामाङ, लक्ष्मण घिमिरे, चन्द्रमान घलान, चन्द्रमाया खत्री, निर्मल लामा, उषा परियार र इन्दु महर्जन चयन भएका छन्।
अधिवेशनमा बोल्दै नवनिर्वाचित अध्यक्ष घिमिरेले उद्योगी तथा व्यवसायीहरूको हक–हित संरक्षण, स्थानीय उद्योग व्यापारको प्रवर्द्धन, नीति निर्माणमा व्यवसायीको आवाज बुलन्द बनाउने र महासंघलाई थप सशक्त संस्थाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
