ललितपुर, पुस १० — ललितपुर महानगरपालिका–अन्तर्गत सप्तखेल बालकुमारी क्षेत्रमा तेस्रो घरेलु हस्तकला तथा पर्यटन प्रवर्द्धन एवं सांस्कृतिक कार्यक्रम आजदेखि सुरु भएको छ। स्थानीय कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर महर्जनले घरेलु हस्तकला, परम्परागत सीप र सांस्कृतिक पहिचान संरक्षणमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रममा उपमेयर मञ्जली शाक्य बज्राचार्यले पनि सम्बोधन गर्दै ललितपुरको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई उजागर गर्न यस्ता मेला तथा कार्यक्रमले सकारात्मक भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँले स्थानीय हस्तकला र संस्कृतिलाई आधुनिक बजारसँग जोड्नु आवश्यक रहेको धारणा राख्नुभयो।

तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा विभिन्न घरेलु हस्तकलाका सामग्रीको प्रदर्शनी, बिक्री स्टल, सांस्कृतिक नृत्य–संगीत, परम्परागत कला प्रदर्शन तथा पर्यटन प्रवर्द्धनसम्बन्धी गतिविधिहरू समेटिएका छन्। स्थानीय कलाकार, उद्यमी तथा समुदायको सक्रिय सहभागिता रहेको यस कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको छ।

More From Author

अक्षेश्वर महाविहारमा ‘कृया संग्रह: वहा–वहिको वास्तुकला र व्यवस्था’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठी सम्पन्न

अझैसम्म निर्वाचनको वातावरण बनेको छैन : उपसभापति धनराज गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *