अक्षेश्वर महाविहारमा ‘कृया संग्रह: वहा–वहिको वास्तुकला र व्यवस्था’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठी सम्पन्न

ललितपुर । अक्षेश्वर महाविहारमा बौद्ध विहार संघ र लोटस रिसर्च सेन्टरको संयुक्त आयोजनामा ‘कृया संग्रह: वहा–वहिको वास्तुकला र व्यवस्था’ भन्ने मूल विषयलाई लिएर अन्तर्राष्ट्रिय संगोष्ठी सम्पन्न भएको छ। संगोष्ठीको प्रमुख अतिथि ललितपुर महानगरपालिका की उप–मेयर मञ्जली शाक्य रहनु भएको थियो।

कार्यक्रममा बौद्ध विहार संघका अध्यक्ष करुणारत्न बज्राचार्यले स्वागत मन्तव्य दिनु भएको थियो भने जापानको रिट्सुमेकान विश्वविद्यालयबाट आउनु भएका डा. लता शाक्यले संगोष्ठीको विषयवस्तु र उद्देश्यबारे परिचयात्मक प्रस्तुति दिनु भएको थियो।

संगोष्ठीका मुख्य वक्ताहरूमा प्रो. टाल्केन क्युमा (मीए विश्वविद्यालय), डा. सुरेन्द्र मान बज्राचार्य, लोटस रिसर्च सेन्टरका अध्यक्ष आर्किटेक्ट ज्ञानेन्द्र शाक्य, लोटस रिसर्च सेन्टरका अनुसन्धानकर्ता प्रा. सुदन शाक्य (सुचिन विश्वविद्यालय), प्रा. अभिषेक अमर (ह्यामिल्टन कलेज) तथा डा. शशी अहलावत (पेन्सिल्भेनिया विश्वविद्यालय) रहनु भएको थियो।

टिप्पणीकर्ताहरूमा इ. सुदर्शन तिवारी (आईओई), सह–प्राध्यापक संजय शाक्य (लुम्बिनी बौद्ध कलेज), प्राध्यापक मोहनमूर्ति पन्त (ख्वापा कलेज) तथा सन्त श्रीरत्न बज्राचार्य (सुगत बौद्ध कलेज) रहनु भएको थियो। संगोष्ठीको सञ्चालन इ. शाक्य र डा. सुरेन्द्र मान बज्राचार्यले संयुक्त रूपमा गर्नु भएको थियो। कार्यक्रम अङ्ग्रेजी भाषामा सञ्चालन गरिएको थियो भने अनलाइन माध्यमबाट केही प्रस्तुति तथा प्रश्नोत्तर सत्रसमेत सम्पन्न भएका थिए। प्रश्नहरूको उत्तर मुख्यतः आर्किटेक्ट ज्ञानेन्द्र शाक्यले दिनु भएको थियो।

कार्यक्रममा वक्ताको रूपमा समय पाउनु भएका एक सल्लाहकारले बौद्ध विहार संघ र लोटस रिसर्च सेन्टरको तर्फबाट सफल आयोजनाका लागि आयोजक, वक्ता तथा टिप्पणीकर्ताप्रति धन्यवाद व्यक्त गर्नु भयो। सो अवसरमा उहाँले कृया संग्रहसम्बन्धी आफ्ना अनुभवहरू साझा गर्दै लुम्बिनीमा नेपाली बज्रयान महाविहार निर्माणको सिलसिलामा संस्कृति मन्त्रालयमा जग्गा प्राप्तिका लागि टिमसहित जाँदा प्रा. डा. नरेशमान बज्राचार्यले प्रमाणका रूपमा ‘कृया संग्रह’ थ्यास–सफु प्रस्तुत गरेको प्रसङ्ग उल्लेख गर्नु भयो। साथै, लुम्बिनीमा नेपाली पहिचान झल्किने महाविहारको आवश्यकता बारे मन्त्रालयमा राखिएको धारणा पनि स्मरण गराउनु भयो।

त्यसैगरी, करिब एक दशकअघि स्वयम्भू चैत्यको जीर्णोद्धारका क्रममा शान्तिपुरमा पूजा सम्पन्न हुँदा पं. बद्रिरत्न बज्राचार्यले चैत्य निर्माण र जीर्णोद्धारमा कृया संग्रहको भूमिकाबारे दिएको मार्गदर्शनसमेत प्रस्तुत गरियो। नेपाल मण्डलका प्रत्येक महाविहारमा चैत्य र अन्य संरचनाहरू कृया संग्रहअनुसार निर्माण हुने र धार्मिक–सांस्कृतिक कर्मकाण्डहरू चैत्यमा आधारित हुने विषयमा पनि स्पष्ट पारियो।

चैत्य निर्माणका संरचनात्मक पक्षमा जगमा चारपाटे पहेंलो भूमि (रूप स्कन्ध), त्यस माथि गोलो सेतो पानी तत्व (वेदना स्कन्ध), दोस्रो तहमा त्रिकोणाकार रातो अग्नि (संज्ञा स्कन्ध), तेस्रो तहमा अर्धचन्द्राकार हरियो वायु (संस्कार स्कन्ध) र चौथो तहमा आकाशका लागि नीलो नाड–विज्ञान स्कन्ध रहने व्याख्या गरिएको थियो। समयाभावका कारण पंचबुद्ध र पंचज्ञानसम्बन्धी विस्तृत चर्चा भने हुन सकेन।

कार्यक्रमको अन्त्यमा सभापति करुणारत्न बज्राचार्यले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै विदेशबाट आउनु भएका अतिथिहरूलाई उपहार प्रदान गरी सभा विसर्जन गर्नु भएको थियो।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

नवनिर्मित पुस्तकालय कक्षको शुभारम्भ बागमती प्रदेशका माननीय पूर्व मन्त्री एवं सांसद रामकृष्ण चित्रकार बाट

ललितपुर, पुस १० — ललितपुर महानगरपालिका–अन्तर्गत सप्तखेल बालकुमारी क्षेत्रमा तेस्रो घरेलु हस्तकला तथा पर्यटन प्रवर्द्धन एवं सांस्कृतिक कार्यक्रम आजदेखि सुरु भएको छ। स्थानीय कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts