ललितपुर -ः श्री शान्ति विद्याश्रम माध्यमिक विद्यालय, लोंल, ललितपुरमा नवनिर्मित पुस्तकालय कक्षको शुभारम्भ बागमती प्रदेशका माननीय पूर्व मन्त्री एवं सांसद रामकृष्ण चित्रकार बाट हिजो एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र तिमल्सिना को सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय सल्लाहकार समितिका अध्यक्ष अजर मान जोशी, लोंल टोल सुधार समितिका अध्यक्ष रामकृष्ण महर्जन, प्लेईङ फर चेन्ज नेपालका पूर्व अध्यक्ष ईश्वर बज्राचार्य, शिक्षक सविन कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
उक्त पुस्तकालय कक्ष निर्माणका लागि **बागमती प्रदेश सरकार**बाट रु २० लाख बजेट विनियोजन गराउन माननीय सांसद रामकृष्ण चित्रकारले देखाउनुभएको विशेष पहलप्रति विद्यालय परिवारले हार्दिक आभार प्रकट गरेको छ।
त्यसैगरी कार्यक्रममा प्लेईङ फर चेन्ज नेपालको तर्फबाट संस्थाका सल्लाहकार तथा विद्यालय सल्लाहकार समितिका अध्यक्ष समेत रहनुभएका अजर मान जोशीले विद्यालयका प्रधानाध्यापक राजेन्द्र तिमल्सिनालाई संगीतका विभिन्न वाद्यवादन सामग्री ७४ थान श्री शान्ति विद्याश्रमलाई हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक हरिदेव यादव ले गर्नुभएको थियो।
