सञ्चार मन्त्रीद्वारा ललितपुर–१२ का ऐतिहासिक तथा धार्मिक क्षेत्रहरूको अवलोकन

ललितपुर मंसिर २४ — संघीय तथा स्थानीय सरकारबीचको सहकार्य, समन्वय र पारस्परिक सहयोगलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ललितपुर महानगरपालिका–१२ का ऐतिहासिक तथा धार्मिक क्षेत्रहरूको आज अवलोकन गरेको छ। मन्त्रीले वडाभित्र रहेका प्रमुख धार्मिक, सांस्कृतिक, कलात्मक तथा पर्यटन सम्भावनाबारे प्रत्यक्ष जानकारी लिएका हुन्।अवलोकनका क्रममा मन्त्रीले स्थानीय प्रतिनिधि, सुरक्षा निकाय र समुदायका सरोकारवालासँग भेटघाट गर्दै प्राचीन मन्दिर, कलात्मक संरचना, ऐतिहासिक मूर्तिहरू तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण अवस्थाबारे विस्तृत जानकारी प्राप्त गरे।

स्थानीय सरोकारवालाहरूले Heritage क्षेत्रले सामना गरिरहेका चुनौती, संरक्षणका लागि आवश्यक सहयोग, प्रवर्द्धनका सम्भावना तथा दिगो पर्यटन विकासका अवसरहरूबारे मन्त्रीलाई अवगत गराएका थिए।

मन्त्रीले संघीय सरकारले स्थानीय तहसँग सहकार्य र समन्वयका माध्यमबाट ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन तथा दिगो पर्यटन विकासमा आवश्यक नीतिगत र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

More From Author

कीर्तिपुरमा ३० किमी प्रतिघन्टा गति सीमा लागू, नयाँ संकेत बोर्डहरू जडान

प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि ललितपुरबाट कांग्रेसका ३२ जना सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *