कीर्तिपुरमा ३० किमी प्रतिघन्टा गति सीमा लागू, नयाँ संकेत बोर्डहरू जडान

कीर्तिपुर, — कीर्तिपुर नगरपालिका गेटदेखि नयाँ बाटो हुँदै तिनकुने क्षेत्रसम्मका विभिन्न पोलहरूमा ३० किलोमिटर प्रतिघन्टा गति सीमा संकेत गर्ने नयाँ बोर्डहरू जडान गरिएको छ।

नगरपालिकाका अनुसार स्थानीय सडक संरचना, पैदलयात्रीको आवागमन तथा दुर्घटना जोखिमलाई ध्यानमा राख्दै सो मार्गमा सवारी साधनले अब अधिकतम ३० किमी/घन्टा मात्र गति राख्नुपर्ने व्यवस्था लागू गरिएको हो।

गति सीमा संकेत बोर्डहरू प्रस्ट देखिने गरी क्रमबद्ध रूपमा राखिएकाले यातायातचालकलाई नयाँ नियमपालनमा सहज हुने अपेक्षा गरिएको छ। नियम अवज्ञा गर्ने सवारीसाधनलाई भने अनुगमन र कारबाही प्रक्रिया कडाइका साथ अघि बढाइने नगरपालिकाले जनाएको छ।

स्थानीय बासिन्दाले गति नियन्त्रणले सडक सुरक्षा बढ्ने विश्वास व्यक्त गरेका छन्।

More From Author

चीनको नाका आसपास केन्द्रबिन्दु बनाएर गएराति ९:२४ बजे ४.३ रेक्टर स्केलको भूकम्प

सञ्चार मन्त्रीद्वारा ललितपुर–१२ का ऐतिहासिक तथा धार्मिक क्षेत्रहरूको अवलोकन

Leave a Reply

Your email address will not be published. Required fields are marked *