चीनको नाका आसपास केन्द्रबिन्दु बनाएर गएराति ९:२४ बजे ४.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं, मंसिर २४ ।दार्चुला जिल्ला उत्तरी क्षेत्र कालापानी तथा चीनको नाका आसपास केन्द्रबिन्दु बनाएर गएराति ९:२४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार उक्त कम्पन सीमावर्ती उच्च हिमाली क्षेत्रमा महसुस गरिएको थियो।

यसअघि सोमबार साँझ बाजुराको मार्तडी आसपास केन्द्रबिन्दु भएर ३.६ रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्ला दिनमा विशेषगरी नेपालको पश्चिमी क्षेत्र हुँदै साना भूकम्पहरू दोहोरिन थालेसँगै स्थानीयवासी तनावमा छन्।

नेपाल भूकम्पीय रूपमा संवेदनशील हिमालयन क्षेत्रमा अवस्थित भएकाले समय–समयमा साना तथा ठूला भूकम्पहरू गइरहने केन्द्रले जनाएको छ। अधिकारीहरूले अनावश्यक अफवाहमा नफसी आधिकारिक सूचना पालना गर्न आग्रह गरेका छन्।

More From Author

लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियान को अवसरमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम

कीर्तिपुरमा ३० किमी प्रतिघन्टा गति सीमा लागू, नयाँ संकेत बोर्डहरू जडान

Leave a Reply

Your email address will not be published. Required fields are marked *