लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियान को अवसरमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम

ललितपुर, जावलाखेल मंसिर २२—

ललितपुर महानगरपालिका–४ स्थित ताम्रकार समाजको सभा हलमा आज लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियान को अवसरमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल, समुदाय–प्रहरी साझेदारी शाखा तथा वडा नं. ४ कार्यालयको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण र पीडितमैत्री सेवा प्रणालीबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटी, ओसीएमसी पाटन अस्पतालका प्रमुख डा. सृजना कुँवर, महानगरपालिका कानुन तथा मानव अधिकार महाशाखाका प्रमुख खगेन्द्र प्रसाद वस्ती लगायतका वक्ताहरूले लैङ्गिक हिंसा विरुद्ध निरन्तर जागरण, सहकार्य, कानुनी पहुँच र सुरक्षित वातावरण सिर्जनामा संस्थागत भूमिकाको आवश्यकता औँल्याए।

जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले आफ्ना धारणा, सुझाव तथा अनुभवहरू खुलस्त राखेका थिए।

ती सुझावलाई समेट्दै लैङ्गिक हिंसा रोकथाम तथा पीडित सहयोगका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धतासहित कार्यक्रम समापन गरिएको आयोजकहरूले जनाएका छन्।

More From Author

चार दिनसम्म दैनिक रूपमा कला, संस्कृति र परम्परालाई समेट्ने विभिन्न प्रस्तुति संपन्न

चीनको नाका आसपास केन्द्रबिन्दु बनाएर गएराति ९:२४ बजे ४.३ रेक्टर स्केलको भूकम्प

Leave a Reply

Your email address will not be published. Required fields are marked *