प्रेस विज्ञप्ति

कला तथा संस्कृति महोत्सवको अवसरमा हस्तकला प्रदर्शनी आयोजना गरिने

नेपाल हस्तकला महासंघद्वारा ललितपुर महानगरपालिकाको सहयोगमा कला तथा सांस्कृतिक महोत्सव २०८२ (Craft & Culture Festival 2025) को अवसरमा नेपाली कला र संस्कृतिको परिचायकको रूपमा रहेका हस्तकला वस्तुको प्रचार प्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यबाट ललितपुर महानगरपालिका स्थित पाटन दरवार स्क्वायर क्षेत्र र पाटन संग्राहलय परिसरमा हस्तकला प्रदर्शनी आयोजना गरिने भएको छ ।

यस महासंघ र ललितपुर महानगरपालिका वडा नं १६ हस्तकला तथा पर्यटन विकास समिति तथा पाटन संग्रहालयको संयुक्त तत्वाबधानमा हुने उक्त हस्तकला प्रदर्शनीमा करिब २१ वटा Canopy र १० वटा टेबुल स्टल रहने छन् । प्रदर्शनीमा विभिन्न विधाका हस्तकला वस्तुहरुको अलाबा ललितपुर महानगरपालिका वडा नं १६ को हस्तकला प्रवर्द्धन समितिबाट बुद्ध धर्म अनुसार दश कर्ममा प्रयोग हुने गरगहना प्रदर्शनी, जातिय पोशाक प्रदर्शनी र सोही वडाको सास्कृतिक समितिबाट सास्त्रिय संगीत, विभिन्न विधाका चर्या नृत्य, अष्टमात्रिका नाच, कार्तिक नाच, लोकनृत्य लगायत धाः बाजा, दमोखिं बाजा नेपाल भाषाका लोकगीत लगायतको प्रस्तुति गरिने छ भने महासंघबाट कोरिया स्थित IMACO को सहकार्यमा मुखौटा प्रदर्शनी गर्ने कार्यक्रम पनि रहेको छ। उक्त मुखौटा प्रदर्शनीमा नेपालका ६० वटा र दक्षिण कोरियाको ४० वटा मुखौटा प्रदर्शनी गरिने छ। यही २०८२ मंसिर १७ गते बुधबार देखि मंसिर २१ गते आइतबारसम्म सञ्चालन गरिने उक्त प्रदर्शनी प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने छ । प्रदर्शनीमा प्रदर्शनकती तथा आगन्तुकहरूको सुविधाको लागि नेवारी मौलिक खाद्य परिकारका ३ वटा स्टलहरु पनि राखिने छ ।

बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री माननीय श्री विन्दु श्रेष्ठबाट २०८२ मंसिर १७ गते बुधबार दिनको १ बजे एक समारोहका बीच ललितपुर दरबार स्क्वायर स्थित कार्तिक डबलीमा कार्यक्रमको समुद्घाटन सम्पन्न गरिने कार्यक्रम रहेको छ। आम जनसमुदायको लागि प्रदर्शनी अवलोकन गर्न निःशुल्क प्रवेशको व्यवस्था रहेको छ ।

विश्व कला परिषद्बाट कला नगरी घोषित ललितपुरको मुटु पाटन दरबार स्क्वायर क्षेत्रमा हुने यस कार्यक्रमको आफ्नै विशिष्ट पहिचान र महत्व रहेको छ ।

रविन्द्र शाक्य अध्यक्ष

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

बैंकिङ प्रणालीमा तरलता प्रशस्त, तर ऋण विस्तार किन ठप्प ?

विश्व पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ : श्रीलंकामा नेपालको ऐतिहासिक प्रदर्शन, ४१ पदकको कीर्तिमान

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts