विश्व पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ : श्रीलंकामा नेपालको ऐतिहासिक प्रदर्शन, ४१ पदकको कीर्तिमान

नेपालले श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न विश्व पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ मा आफ्नो उपस्थिति प्रभावशाली मात्र होइन, ऐतिहासिक बनाएको छ। प्रतियोगिताका प्रारम्भिक दिनदेखि नै नेपाली पावरलिफ्टरहरूले एकपछि अर्को चम्किलो प्रदर्शन गर्दै पदक वर्षा गरे।

नेपालले कुल २६ स्वर्ण, १० रजत र ५ कांस्य गरी ४१ पदक जित्दै अन्तर्राष्ट्रिय मञ्चमा उल्लेख्य सफलता हात पारेको टोलीका म्यानेजर डेविड प्रधान र रुजेश शाहीले जानकारी दिए।

१२ विभिन्न देशका दुई सयभन्दा बढी प्रतिस्पर्धीहरू सहभागी रहेको च्याम्पियनसिपमा नेपाली खेलाडीहरूको ऊर्जा र प्रदर्शन निकै प्रभावशाली रह्यो।
नेपालका डा. जितेन्द्रकुमार साहले ६९ केजी मास्टर्स (४०–४४) समूहमा बेन्च प्रेस र डेडलिफ्ट दुवै विधामा दुई स्वर्ण पदक जित्दै उत्कृष्ट शुरुआत गरे। सविता श्रष्ठले १३१+६५+१५०=३४६ kg “उठाएर
W100 मास्टर्स ५०-५४ मा स्वर्ण पदक १, ओपनमा कांस्य पदक १ हात पार्न सफल

त्यस्तै लक्ष्मी महर्जनले ५३ केजी समूहमा उत्कृष्ट प्रदर्शन गर्दै पदक आफ्नो नाममा लेखिन्।

पुरुषतर्फको मुख्य आकर्षण बने शुकदेव कार्की, जसले ६९ केजी खुला समूहमा स्वर्ण जित्नुका साथै बेस्ट लिफ्टर को उपाधि पनि हात पार्न सफल भए।
उनले–
• २४० केजी स्क्वाट
• १३८ केजी बेन्च प्रेस
• २६४ केजी डेडलिफ्ट

गरी कुल ६४२ केजी वजन उठाउँदै सबैको ध्यान केन्द्रित गरे।
उनको यो प्रदर्शनलाई नेपाली टोलीले ‘सबैले सम्झिने क्षण’ भनेर व्याख्या गर्‍यो।

महिलातर्फ शर्मिला शाहले बेस्ट लिफ्टरको उपाधि जित्दै नेपालको पावरलिफ्टिङ इतिहासमा नयाँ अध्याय खोलेकी छन्।
त्यस्तै भेषकुमारी अस्लामीले ७२ केजी ओपन र मास्टर्स दुवै समूहमा दुई स्वर्ण पदक जितेकी छन्।

नेपाल पावरलिफ्टिङ संघ र नेपाली युथ फिटनेस एन्ड क्यालिसथेनिक्स (NYC Nepal) को संयुक्त प्रयासमा नेपाली टोली विश्व च्याम्पियनसिपमा सहभागी भएको थियो।
संघले लामो समयदेखि गर्दै आएको प्रशिक्षण र खेलाडीहरूको समर्पणले यो ऐतिहासिक नतिजा सम्भव बनेको बताइएको छ।

More From Author

प्रेस विज्ञप्ति

२०८२ मंसिर १८ — मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज देशभर धानको विधिपूर्वक पूजा–आराधना तथा दान गर्दै धान्यपूर्णिमा पर्व हर्षोल्लासपूर्वक मनाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *