स्यस्यः समाज यल अन्तर्गत नवगठित ईलाका नं. १० को प्रारम्भिक साधारण सभा

ललितपुर, २०८२ मंसिर १३

स्यस्यः समाज यल अन्तर्गत नवगठित ईलाका नं. १० (कोपुण्डोल–ज्वागल) को प्रारम्भिक साधारण सभा आज सम्पन्न भएको छ।

कार्यक्रम ईलाका तदर्थ समिति अध्यक्ष भानु श्रेष्ठ ज्यूको सभापतित्वमा सम्पन्न भयो। सो अवसरमा ललितपुर महानगर–१० का वडाअध्यक्ष रविन मान बञ्जनकार ज्यू प्रमुख अतिथि रहनु भएको थियो भने स्यस्यः समाज यलका केन्द्रिय अध्यक्ष नविन मंगल जोशी ज्यू विशिष्ट आतिथिको रूपमा उपस्थित हुनु भयो।

सभाले आवश्यक छलफल तथा प्रस्तुत कार्ययोजना अनुमोदनसँगै नयाँ कार्यसमिति गठन गर्ने कार्यसूची पारित गरेको थियो। तदनुसार भानु श्रेष्ठ ज्यूकै अध्यक्षतामा ईलाका नं. १० को नयाँ कार्यसमिति सर्वसम्मत/निर्विरोध रुपमा चयन भएको छ।

More From Author

ललितपुर महानगरको वडा नं. ३ मा विषादी परीक्षण केन्द्र संचालन

सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *