नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानद्वारा वरिष्ठ कलाकार काले कुमालेको सम्मानमा ‘शान्त स्वभावका’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ असोज २७ — नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल हस्तकला महासंघ र हाम्रो पात्रको सहकार्यमा तथा क्रोधकला शिरोमणि फाउन्डेसनको आयोजनामा आदरणीय क्रोध मुनिका सर्जक, सिद्ध हस्त अग्रज कलाकार प्राज्ञ काले कुमाले ज्यूको ९३औँ जन्म वर्षको उपलक्ष्यमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम हिजो कीर्तिपुरस्थित कीर्तिपुर सिने–प्लेक्समा आयोजना गरिएको थियो। सो अवसरमा कलाकार कुमालेको जीवन, सृजनात्मक योगदान र कलाक्षेत्रप्रतिको समर्पणलाई सम्मानस्वरूप “शान्त स्वभावका” शीर्षकको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

कार्यक्रममा कला, साहित्य, संगीत तथा हस्तकलासँग सम्बन्धित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। वक्ताहरूले कलाकार कुमालेको योगदानले नेपाली परम्परागत कला, हस्तकला र सौन्दर्यबोधलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्य गरेको बताएका थिए।

More From Author

धोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण सुरु

इप्पानको चेतावनी : सेयर निष्काशनमा ढिलाइ भए आन्दोलनमा जाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *