धोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण सुरु

ललितपुरः जेन्जीदेखि वृद्धासम्म सबै पुस्तालाई समेट्ने प्रयास — धोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण सुरु

ललितपुर महानगरपालिकाले जेन्जी पुस्तादेखि वृद्धासम्म सबै नागरिकलाई सुविधा र सुरक्षा दिने उद्देश्यसहित चक्रपथस्थित धोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण सुरु गरेको छ ।

आइतबार ललितपुर महानगरका नगर प्रमुख चिरीबाबु महर्जनले पुल निर्माणको शिलान्यास गर्दै सुरक्षित, स्वच्छ र साइकलमैत्री सहर निर्माण महानगरको प्राथमिकता भएको बताए ।

कार्यक्रममा बोल्दै शुसासन तथा संस्थागत विकास समितिका संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनले स्थानीय तह नै नागरिकको मर्म बुझ्ने सरकार भएको उल्लेख गर्दै, “जेन्जीदेखि वृद्धासम्म सबै पुस्ताको हितका लागि महानगरले ठोस कदम चाल्दै आएको छ,” भने ।

महानगरका अनुसार धोबीघाट क्षेत्र चक्रपथको व्यस्त भाग भएकाले पैदलयात्री र साइकल प्रयोगकर्ताको सुरक्षाका लागि आकाशे पुल निर्माण गर्न लागिएको हो ।

नगर प्रमुख महर्जनले भने, “सडक सुरक्षित नभएकै कारण यहाँ एक दर्जनभन्दा बढी मानिसको ज्यान गइसकेको छ, दुर्घटना हुन नदिन र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न हामीले यो पुल बनाउन थालेका हौँ।”

More From Author

ललितपुर महानगरपालिका १६ का अध्यक्ष निर्मलरत्न शाक्य विश्व बाथरोग दिवशको अवसरमा राष्ट्रिय बाथ रोग केन्द्र, बद्री तीर्थ बाथ रोग समाजमा भएको नि:शुल्क बाथ रोग सम्बन्धी स्वास्थ्य परीक्षणमा

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानद्वारा वरिष्ठ कलाकार काले कुमालेको सम्मानमा ‘शान्त स्वभावका’ म्युजिक भिडियो सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *