बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्रालयका माननीय मन्त्री प्रेमभक्त महर्जनले नेवाः भाषा, संस्कृति, र साहित्यको प्रवर्धनका लागि आयोजना गरिएको “नेवा: हाइकु ख्य:या न्याद बिन्हया” कार्यक्रमको उद्घाटन गर्नुभएको छ।

कार्यक्रममा उहाँले “नेवा: हाइकु ख्य:या न्याद बिन्हया” जस्ता साहित्यिक पहलहरू नेवाः भाषा र संस्कृतिलाई प्रवर्धन गर्ने महत्वपूर्ण माध्यम हुने बताउनुभयो। साथै, “नेवा: हाडक वाचन” कार्यक्रममा सहभागी हुँदै उहाँले भाषा र साहित्यको संरक्षणको आवश्यकता र यसको निरन्तरताको महत्वलाई जोड दिनुभयो।

यस किसिमका साहित्यिक कार्यक्रमहरूले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास पनि व्यक्त गर्नुभयो।

More From Author

Training on how to make a thatched roof, Pala: With the support of Lalitpur Metropolitan City Social

Kuma Sagar: An Emerging Voice in Nepali Music Kuma Sagar, patan darbar mangal bazar Lalitpur

Leave a Reply

Your email address will not be published. Required fields are marked *