
ललितपुर।

ललितपुर महानगरपालिका भित्र शुद्ध खानेपानी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले १२ करोडको सम्झौता भएको छ।

विगतका वर्षझैं यस वर्ष पनि महानगरवासीलाई सुरक्षित र पर्याप्त खानेपानी उपलब्ध गराउने प्रयोजनका लागि महानगरपालिकाले kukl जावलाखेल शाखा तथा अन्य सरोकारवालासँग सहकार्य गरेको हो।

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा महानगरका सम्बन्धित सबै निकायको उपस्थिती थियो। सम्झौताअनुसार घर–घरमा खानेपानी पुर्याउने तथा नगरवासीको आवश्यकता अनुसार व्यवस्थापन गर्ने कार्य अघि बढाइनेछ।