अष्टमातृका नाचका लागि वडा कार्यालयको सहयोग

ललि ललितपुर महानगरपालिका–१६ वडा कार्यालयले यस वर्षको अष्टमातृका नाच (गं प्याखं) सञ्चालनका लागि ४ लाख रुपैयाँ प्रदान गरेको छ।

वडाअध्यक्ष निर्मलरत्न शाक्यका अनुसार सो रकमसँगै १ सय थान टिसर्टसमेत नाच प्रबन्ध समितिलाई हस्तान्तरण गरिएको हो।

ललितपुरमा प्रत्येक वर्ष घटस्थापनादेखि एकादशीसम्म नकबहीलदेखि सुरू हुने यो नाच विभिन्न वर्णका १३ देवगणहरूको शक्तिपूजासँग सम्बन्धित छ। नर्तकहरूले देवीदेवताको मखुण्डो, भेषभूषा र गरगहना धारण गरी तान्त्रिक विधिपूर्वक मण्डलकार बनाई नाच प्रस्तुत गर्ने परम्परा रहिआएको छ।

यस नाचको पहिलो चार दिन नकबहीलमा प्रदर्शन गरिन्छ भने समापन पाटन दरबार क्षेत्रको मुलचोकमा हुने गर्दछ। त्यसपछि पाँच दिनसम्म राति कातिक डबलीमा देखाइन्छ। विशेषत: फूलपाती र विजया दशमीका दिन दिउँसो मूलचोकमा प्रदर्शन गर्ने गरिन्छ। अन्तिम दिन अर्थात् एकादशीका दिन नकबही डबलीमा नाच देखाएर सम्पन्न गरिन्छ।

अष्टमातृका नाच प्रबन्ध समितिले महानगरपालिकाले विनियोजित ६ लाख रुपैयाँ अपुग भएको भन्दै थप बजेट माग गरेकोमा वडा कार्यालयले ४ लाख रुपैयाँ सहयोग गरेको हो। समितिले साथै विभिन्न श्रद्धालु दाताहरुलाई पनि सहयोग गर्न आह्वान गरेको छ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

शेयर बजार ५८ अंकले उकालो, नेप्से २,६८२ विन्दुमा

शुद्ध खानेपानी व्यवस्थापनलाई थप १२ करोडको सम्झौता

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts