प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना छैन : अर्थमन्त्री खनाल

विराटनगर – अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्ने विषयमा कुनै छलफल नभएको बताए।

“यो राजनीतिक विषय हो। अहिलेसम्म यसबारे कुनै चर्चा भएको छैन,” मन्त्री खनालले भने। संविधानले व्यवस्था गरेका निकाय खारेज गर्न नसकिने पनि उनले स्पष्ट गरे।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

शुद्ध खानेपानी व्यवस्थापनलाई थप १२ करोडको सम्झौता

काठमाण्डौं उपत्यका मेयर्स फोरम, काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts