प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना छैन : अर्थमन्त्री खनाल

विराटनगर – अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्ने विषयमा कुनै छलफल नभएको बताए।

“यो राजनीतिक विषय हो। अहिलेसम्म यसबारे कुनै चर्चा भएको छैन,” मन्त्री खनालले भने। संविधानले व्यवस्था गरेका निकाय खारेज गर्न नसकिने पनि उनले स्पष्ट गरे।

More From Author

शुद्ध खानेपानी व्यवस्थापनलाई थप १२ करोडको सम्झौता

काठमाण्डौं उपत्यका मेयर्स फोरम, काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *