शेयर बजार ५८ अंकले उकालो, नेप्से २,६८२ विन्दुमा

काठमाडौं-असोज ७ -ः

देशको शेयर बजार आज भारी अंकले बढ्दै उकालो लागेको छ। नेप्से परिसूचक ५८.६३ अंकले वृद्धि भई २,६८२ विन्दुमा पुगेर बन्द भएको हो।

आज दिनभरमा ३२८ कम्पनीको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर कारोबार हुँदा कुल ५ अर्ब २९ करोड २७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

बढ्ने र घट्ने कम्पनी

आज २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीमा गिरावट आएको छ।

सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरू

  • नेपाल पुनर्बिमा कम्पनी – ३८ करोड ६८ लाख
  • युनिभर्सल पावर – १८ करोड ३० लाख
  • हिमालयन डिष्टिलरी – १८ करोड १६ लाख

लगानीकर्ताले बढी कमाउने कम्पनीहरू

  • सप्तकोशी डेभलपमेन्ट बैंक – १०% वृद्धि
  • जोशी हाइड्रोपावर – १०% वृद्धि
  • ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी, एशियन हाइड्रो – ९.९९% वृद्धि

घाटा खेप्ने कम्पनी

आज प्रभु स्मार्ट फन्ड का इकाईधनीले सबैभन्दा धेरै गुमाएका छन्। उनीहरूले ४% घाटा खेप्नुपर्‍यो।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

ललितपुर महानगरमा गंप्याखं (अष्टमातृका नाच) Gan Pyakhan

अष्टमातृका नाचका लागि वडा कार्यालयको सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts