प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पदबाट राजीनामा

काठमाडौं भाद्र २४ -ः । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पदबाट राजीनामा दिएका छन्। जेन–जीको आन्दोलन नियन्त्रण बाहिर पुगेपछि राजनीतिक निकास आवश्यक ठानेर उनले पदत्याग गरेका हुन्।

ओली २०८१ साल असार ३० गते नेपालको प्रधानमन्त्री नियुक्त भएका थिए। उनले आफ्नो राजीनामा पत्र राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउँदै मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई संविधानसम्मत राजनीतिक समाधान खोज्ने जिम्मेवारी दिनुपर्ने बताएका छन्।

राजीनामा पत्रमा ओलीले भनेका छन्, “२०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु।”

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

गृह मन्त्री रमेश लेखकको राजिनामा

प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमै राष्ट्रका नाममा विशेष सम्बोधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts