प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमै राष्ट्रका नाममा विशेष सम्बोधन

प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमै राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन्। जेनजी आन्दोलन चर्किँदै गएका बेला सेनापतिको सम्बोधनलाई राजनीतिक तथा सामाजिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण रूपमा हेरिएको छ।

यसअघि सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त वक्तव्य जारी गर्दै प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका थिए।

संयुक्त वक्तव्यमै सीमित नभई नेपाली सेनाले छुट्टै वक्तव्य पनि जारी गरी सार्वजनिक सम्पत्ति तोडफोड नगर्न आग्रह गरेको थियो। त्यसपछि अब सेनापतिको प्रत्यक्ष सम्बोधन आउन लाग्नुले परिस्थिति थप गम्भीर मोडतर्फ गइरहेको संकेत गरेको विश्लेषकहरू बताउँछन्।

जेनजी प्रदर्शनमा सोमबार भएको सरकारी दमनमा धेरै युवाको मृत्यु र सयौँ घाइते भएपछि आन्दोलन आक्रोशित बनेको छ। मंगलबारदेखि प्रदर्शनकारीहरूले शीर्ष नेताहरूको निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपतिनिवास शीतलनिवासलगायत स्थानमा समेत आगजनी गरेका छन्। केही व्यावसायिक प्रतिष्ठानहरू पनि आक्रमणको लक्ष्य बनेका छन्।

स्थिति नियन्त्रणबाहिर गएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संयम अपनाउन आग्रह गर्दै जेनजीलाई वार्तामा बोलाएका छन्। त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, डा. सन्दुक रुइत, कुलमान घिसिङलगायत सार्वजनिक व्यक्तित्वहरूले पनि संयमित ढंगले आन्दोलन अघि बढाउन आह्वान गरेका छन्।

राजनीतिक अस्थिरता चर्किँदै गएर बिहान केही मन्त्रीहरूले राजीनामा दिएका थिए भने दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पदबाट राजीनामा दिइसकेका छन्। नेतृत्व संकट गहिरिँदै गएको यस अवस्थामा सेनापतिको सम्बोधनले आगामी राजनीतिक घटनाक्रमलाई दिशा दिने अपेक्षा गरिएको छ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पदबाट राजीनामा

Kumari puja Mangal bazar Lalitpur

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts