लगनखेलको पञ्चायतकालीन घर टहरा भत्काइयो

ललितपुर भाद्र २२ – ललितपुर महानगरपालिकाले ऐतिहासिक न्हुः पोखरी संरक्षण तथा पुनर्निर्माणको क्रममा लगनखेलस्थित पञ्चायतकालीन घर टहरा डोजर लगाएर भत्काएको छ।

महानगरपालिकाले २०८२ साउन १७ गते सार्वजनिक सूचना जारी गर्दै न्हुः पोखरीको उत्तरी–पूर्वी किनारामा अनाधिकृत रूपमा बनेका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको थियो। सूचना अवधी सकिएपछि शनिबार (२०८२ साउन १८ गते) डोजर प्रयोग गरी संरचना हटाइएको हो।

न्हुः पोखरी नेपाल सरकारको नाममा दर्ता रहेको ललितपुर महानगरपालिका वडा नं. १ (क) को कित्ता नं. १०५ मा अवस्थित छ। परापूर्वकालदेखि ऐतिहासिक महत्त्व बोकेको यो पोखरी पछिल्ला वर्षहरूमा अनाधिकृत संरचना निर्माणका कारण अस्तित्व संकटमा परेको भन्दै महानगरले संरक्षण र जिर्णोद्धार योजना अघि बढाएको हो।

महानगरले तयार पारेको रोना प्रतिवेदन (DPR) नगर कार्यपालिकाबाट स्वीकृत भइसकेको र बजेट समेत विनियोजन गरिएको जनाएको छ।

यसअघि बुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएको संरचना पोखरीको डिलमै भएकाले हटाइएको महानगरले जनाएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र मुलुकी देवानी संहिता अनुसार सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व स्थानीय तहको भएकाले, स्वेच्छाले नहटाइएका संरचना महानगरपालिकाले आफैं हटाउने तथा खर्च सम्बन्धित निकायबाट असुल गर्ने जानकारी समेत दिइएको छ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

खोला किनार मापदण्डमा पीडितहरूको मोटरसाईकल र्याली

गृह मन्त्री रमेश लेखकको राजिनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts