
ललितपुर, भदौ १४–१५ ।
२०७० सालमा स्थापना भएको स्यस्यः समाज यल ले आफ्नो ११ औं स्थापना दिवस भव्य रूपमा मनाएको छ। ‘स्यस्यः समाज यल : हिजो, आज र भोलि’ शीर्षकमा एक दिने विचार गोष्ठी सम्पन्न गरी त्यसका निष्कर्षलाई कार्यान्वयन गर्ने क्रममा संस्थाले भदौ १४ र १५ गते ‘स्यस्यः सम्बाद एवं कार्यशाला गोष्ठी’ आयोजना गरेको हो।
कार्यक्रमको प्रमुख सन्देश स्वरूप यसपटक अन्य पदानुक्रमीय औपचारिकता नगरी, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई मात्र प्रमुख अतिथिको आसन ग्रहण गराइएको थियो। बाँकी सहभागीहरू सबैलाई समान स्यस्यःका रूपमा कार्यक्रममा समावेश गरिएको थियो।समाजका अध्यक्ष नविन मंगल जोशी का अध्यक्षता तथा पूर्व प्रधान न्यायाधिस श्रीमान कल्याण श्रेष्ठ को प्रमुख आतिथ्यता मा भएको कार्यक्रम मा स्वास्थ शिक्षा सम्पदा संस्कृती न्याय राजनिती उद्योग ब्यापार खेलकूद पत्रकारिता लगायत विभिन्न क्षेत्र का स्यस्यःहरु – पूर्व मन्त्री, सांसद, उद्योगपती राजनितिज्ञ संचार खेलकूद क्षेत्र समेत का प्रतिस्थित गन्यमान्य प्रतिनिधी पात्र , केदार भक्त माथेमा पूर्व मन्त्री ओमकार श्रेष्ठ ऋद्धी वावा प्रधान उमेश श्रेष्ठ जितेन्द्र कुमार श्रेष्ठ छत्र बहादुर कायष्ठ प्रचण्ड प्रधान डा जगदीस लाल वैद्य FNCCI का पूर्व अध्यक्ष हरु प्रदिप कुमार श्रेष्ठ कुश कुमार जोशी , डा तरुन राजभण्डारी डा कृष्ण कुमार श्रेष्ठ डा भरत अमात्य दीरेक लाल श्रेष्ठ उज्वल कृष्ण श्रेष्ठ अजरमान जोशी सविन श्रेष्ठ भूमी नन्दन कर्माचार्य दिलेन्द्र राज श्रेष्ठ महेश्वर सिन्या सकुना मलेकु निलेन्द्र राज श्रेष्ठ अन्जु श्रेष्ठ लगायत थुप्रै विशिष्ट अतिथिहरु को जमघट रहेको थियो ।
सन्दर्भ र चुनौती
स्यस्यः (श्रेष्ठ, मल्ल, जोशी, अमात्य, चिपालु, बिजुक्छे, कायस्थ, प्रधान, सिंह, राजभण्डारी, हाडा, मलेकु, १०० भन्दा बढि उपजाती आदि) समुदाय नेवार भित्रको प्रमुख जातीय समूह हो, जसलाई परम्परागत रूपमा “शिक्षित, प्रशासक, व्यापारी, सम्भ्रान्त वर्ग” का रूपमा चिनिन्छ। तर पछिल्ला दशकहरूमा नीति निर्माण तह, उच्च प्रशासनिक पद वा निर्णायक निकायमा यसको उपस्थिति कमजोर बन्दै गएको प्रस्तुतिकर्ताहरूले बताए।
२०७८ को जनगणना अनुसार करिब १४ लाख (५.५%) नेवारमध्ये उपत्यकामा मात्रै २५–३०% बसोबास भए पनि राजनीतिक, प्रशासनिक, नीति निर्माण तहमा स्यस्यःहरूको पहुँच दिनप्रतिदिन पातलो भइरहेको तथ्याङ्क प्रस्तुत गरिएको छ।
स्यस्यः समाजमा सामुदायिक संगठनात्मक केन्द्र वा Epicenter को कमी, उदासिनता, श्रेष्ठताको दम्भ, एक–अर्कालाई नगन्ने प्रवृत्ति र संस्था सबलीकरणमा उदासीनता जस्ता कमजोरी मुख्य चुनौतीका रूपमा पहिचान गरिएका छन्।

संगठनात्मक अवस्था
हालसम्म स्यस्यः समाज यल मा २,५०० सदस्य आवद्ध भए पनि ललितपुर महानगरपालिकाभित्र मात्र करिब २० हजार स्यस्यः मतदाता रहेको अनुमान गरिएको छ। महानगरका २९ वडामध्ये एक जनामात्र स्यस्यः वडा अध्यक्ष रहेको तथ्यले संगठन र राजनीतिक उपस्थिति दुवै कमजोर रहेको स्पष्ट भएको छ।
यसै कारण संस्था अब सामान्य कार्यक्रमको संगठन भन्दा बाहिर निस्केर पुनरुत्थान र पुनर्जागरणको अभियान मा लाग्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालिएको छ।
निष्कर्ष
कार्यक्रमले स्यस्यःहरूको—
• भाषा, संस्कृति, परम्परा,
• मूर्त तथा अमूर्त सम्पदा,
• तःजी लजी जगेर्ना,
• सामाजिक–राजनीतिक पहिचान
राष्ट्रिय हीत जोगाउन र संस्थागत सबलीकरण गर्न सामूहिक अभियान आवश्यक रहेको निष्कर्ष निकालेको छ।