सेवा प्रवाहलाई सहज बनाउनाका साथै संस्कृति तथा सम्पदाको संरक्षणमा सहजीकरण गर्ने प्रतिबद्धता

ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सेवा प्रवाहलाई सहज बनाउनाका साथै संस्कृति तथा सम्पदाको संरक्षणमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले ललितपुरको मौलिक परम्परा, जात्रा–पर्व तथा सांस्कृतिक सम्पदाको विशिष्ट महत्वलाई आत्मसात गर्दै पुरातात्विक स्थल, पोखरी र गुठी जग्गा संरक्षणमा विशेष ध्यान दिने आश्वासन दिनुभयो। गृह मन्त्रालयको २०८२ भदौं ४ गते बुधबारको निर्णय अनुसार सुमन घिमिरे प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न २०८२ भदौं ५ गते विहीबार ललितपुरमा आउनुभएको थियो। २५ वर्ष अघि निजामती सेवामा प्रवेश गरेका सुमन घिमिरे यस अघि धादिङको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो

वहांले आफ्नो प्राथमिकताका क्षेत्रबारे स्पष्ट पार्दै भन्नुभयो,

“सरकारी कार्यालयको सेवाप्रवाहको चुस्तता, शान्ति–सुरक्षाको व्यवस्थापन, समुदायसँगको संवाद र समन्वय, विकास–निर्माणमा सहजीकरण तथा विपद् व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्नेछु। साथै राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवालाई अझ सहज बनाइएको छ।”। उक्त अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको पनि उपस्थित रहेको थियो।

यसअघि सञ्चारकर्मीहरूले सूचना प्रवाहलाई व्यवस्थित बनाउनुपर्ने, ललितपुरको भौगोलिक विविधता र आदिवासी–जनजातिको बहुलता तथा यहाँको सांस्कृतिक संवेदनशीलतालाई प्रशासनले महत्त्व दिनुपर्ने, साथै शान्ति–सुरक्षासम्बन्धी चुनौतीबारे आफ्ना धारणा राखेका थिए।

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघका सचिव सुनील महर्जनले प्रशासनले जात्रा–पर्व, संस्कृति तथा सम्पदा संरक्षणमा पहल र सहजीकरणको भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो। साथै मातृभाषामा पत्रकारिता गर्ने पत्रकारलाई समेट्नुपर्ने र जनताको पीरमर्का बुझ्नुपर्ने सुझाव दिनुभयो।

सम्पदा नेपाल टेलिभिजनका प्रमुख विश्वन्तर शाक्यले गुठी जग्गा र अतिक्रमणमा परेका सम्पदाको संरक्षणमा प्रशासनले सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

त्यसैगरी नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका सदस्य सनि शाक्यले लागुऔषध दुव्र्यसनी तथा शान्तिसुरक्षासम्बन्धी समस्याबारे विचार राख्नुभयो।

सञ्चारकर्मी हर्कबहादुर श्रेष्ठ र नेपालमण्डल टेलिभिजनका रामराजा बज्राचार्यले अव्यवस्थित बजार लगनखेल देखि मंगलबजार, पाकेटमार तथा दैनिक जीवनमा जनताले भोगिरहेका समस्याबारे सुझाव राख्नुभएको थियो।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

युवा तथा खेलकुद कवःया कजी भाजु बुद्धरत्न डंगोल”शैक्षिक व आर्थिक उन्नतिया प्रवर्द्धन, प्रविधियुक्त

स्यस्यः समाज यलको एक दशक, संवाद र पुनर्जागरणको अभियान

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts