काठमाडौं उपत्यका जोखिममा : जमीन भासिँदै

काठमाडौं भाद्र १४ राजधानी उपत्यकामा जमीन क्रमशः भासिँदै गएको ताजा अध्ययनले देखाएको छ । भूमिगत पानी अत्यधिक मात्रामा निकालिँदा र पुनर्भरण नहुँदा उपत्यकाका विभिन्न क्षेत्र वर्षेनि केही सेन्टिमिटरले भासिएको तथ्यांक सार्वजनिक भएको हो ।

अध्ययनअनुसार, कालीमाटी क्षेत्रमा ५ देखि १० सेमी, बालाजु र मनमैजु क्षेत्रमा करिब ७ सेमी, मध्यपुर थिमीमा १३–१६ सेमी, बागबजारमा १० सेमी, इमाडोल र लैनचौरमा १०–१६ सेमी, पाटनमा ११ सेमी, लाजिम्पाटमा १६ सेमी, र महाराजगन्ज क्षेत्रमा १६–२१ सेमी सम्म जमीन भासिएको छ।

अनुसन्धाताहरूका अनुसार भौगर्भिक संरचना, जनघनत्वका कारण बढ्दो संरचनागत भार, र अनियन्त्रित जलनिकासीलाई पनि जिम्मेवार मानिएको छ। तर, जमीन भासिनुको प्रमुख कारण भूमिगत पानीको अत्यधिक दोहन रहेको प्रष्ट भएको छ।

विशेषज्ञहरूले यो समस्या नियन्त्रण गर्न गहिरो इनार खन्ने कार्यमा कडाइ गर्ने, वर्षाको पानी संकलन अनिवार्य गर्ने, र निर्माण अनुमति दिने क्रममा भूगर्भीय परीक्षणलाई प्राथमिकता दिने नीतिगत कदम चाँडै लागू गर्नुपर्ने सुझाव दिएका छन्।

More From Author

कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ कुपण्डोलमा ब्याडमिन्टन खेल्ने क्रममा घाइते

लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान

Leave a Reply

Your email address will not be published. Required fields are marked *