कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ कुपण्डोलमा ब्याडमिन्टन खेल्ने क्रममा घाइते

ललितपुर भाद्र १३ -ः लोकप्रिय कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ कुपण्डोलमा ब्याडमिन्टन खेल्ने क्रममा घाइते भएका छन्। खेल्दाखेरि ढल्किँदा उनको दायाँ काँधको हड्डी फ्याक्चर भएको चिकित्सकले पुष्टि गरेका छन्।

स्रोतका अनुसार उनी सोमबार नै घाइते भएका थिए तर नियमित काममा व्यस्त रहे। मङ्गलबार दुखाइ बढेपछि उनी एभरेस्ट हस्पिटल पुगेका थिए। अस्पतालमा गरिएको एक्स–रे रिपोर्टमा काँधमा अलिकति फ्र्याक्चर देखिएपछि उपचारमा संलग्न डा. सम्पूर्ण महर्जनले उनलाई कम्तीमा चार हप्ता पूर्ण आराम गर्नुपर्ने सुझाव दिएका छन्।

यद्यपि स्वास्थ्यमा केही असुविधा भएको भए पनि, माग्ने बुढा अभिनीत चलचित्र ‘माग्ने राजा’ हाल हलहरूमा सफलतापूर्वक प्रदर्शन भइरहेको छ। साथै, आउँदो दशैँको फूलपातीका दिन ‘माइतीघर’ र त्यसपछि तिहारमा अनमोल केसीसँगको ‘जेरी अन टप’ प्रदर्शनको तयारीमा रहेका छन्।

जनप्रिय कलाकार माग्ने बुढाको स्वास्थ्य लाभको कामना गरिएको छ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

ऐतिहासिक पर्व येंया (इन्द्रजात्रा)

काठमाडौं उपत्यका जोखिममा : जमीन भासिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts