ललितपुर भाद्र १३ -ः लोकप्रिय कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ कुपण्डोलमा ब्याडमिन्टन खेल्ने क्रममा घाइते भएका छन्। खेल्दाखेरि ढल्किँदा उनको दायाँ काँधको हड्डी फ्याक्चर भएको चिकित्सकले पुष्टि गरेका छन्।
स्रोतका अनुसार उनी सोमबार नै घाइते भएका थिए तर नियमित काममा व्यस्त रहे। मङ्गलबार दुखाइ बढेपछि उनी एभरेस्ट हस्पिटल पुगेका थिए। अस्पतालमा गरिएको एक्स–रे रिपोर्टमा काँधमा अलिकति फ्र्याक्चर देखिएपछि उपचारमा संलग्न डा. सम्पूर्ण महर्जनले उनलाई कम्तीमा चार हप्ता पूर्ण आराम गर्नुपर्ने सुझाव दिएका छन्।
यद्यपि स्वास्थ्यमा केही असुविधा भएको भए पनि, माग्ने बुढा अभिनीत चलचित्र ‘माग्ने राजा’ हाल हलहरूमा सफलतापूर्वक प्रदर्शन भइरहेको छ। साथै, आउँदो दशैँको फूलपातीका दिन ‘माइतीघर’ र त्यसपछि तिहारमा अनमोल केसीसँगको ‘जेरी अन टप’ प्रदर्शनको तयारीमा रहेका छन्।
जनप्रिय कलाकार माग्ने बुढाको स्वास्थ्य लाभको कामना गरिएको छ।