
काठमाडौं भाद्र १२ -ः यस वर्षको तीज गीत उत्कृष्ट मोडल अवार्ड स्मारिका ढकालले जितेकी छिन् । तीजको अवसरमा आयोजना गरिएको अवार्ड समारोहमा विभिन्न विधामा प्रतिस्पर्धा भएका बीच ढकाललाई उत्कृष्ट मोडलको अवार्ड प्रदान गरिएको हो ।

उनले तीज गीतमा प्रस्तुत गरेको प्रभावशाली अभिनय र अभिव्यक्तिका कारण निर्णायकबाट उच्च अंक प्राप्त गर्दै अवार्ड हात पारेकी हुन् । कार्यक्रममा कलाकार, गायक–गायिका, सञ्चारकर्मी र दर्शकहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।
स्मारिका ढकालले अवार्ड पाएपछि खुसी व्यक्त गर्दै यसलाई आफूलाई अझ मेहनत गर्न प्रेरणाको स्रोत बनाउने बताइन् ।