संविधान दिवसलाई विविध कार्यक्रमसहित मनाउने

मोरङ भाद्र १२ -ः कोशी प्रदेश सरकारले संविधान दिवसलाई भव्य रूपमा मनाउने तयारी गरेको छ । आगामी असोज ३ गते हुने संविधान दिवसलाई विविध कार्यक्रमसहित मनाउने निर्णय बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले गरेको हो ।

बैठकले ५०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ, जसमा प्रदेश तथा स्थानीय तहका सबै निकायको प्रतिनिधित्व रहनेछ ।

उक्त दिवसलाई उत्सवमय बनाउन वक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रभात फेरि, झाँकी प्रदर्शनीलगायत कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रमको समन्वय आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत हुने जनाइएको छ ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

मन्दिरमा साँझपख मात्र पूजा–आराधना हुने अनौठो परम्परा

तीज गीत उत्कृष्ट मोडल अवार्ड स्मारिका ढकालले जितेकी छिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts