संविधान दिवसलाई विविध कार्यक्रमसहित मनाउने

मोरङ भाद्र १२ -ः कोशी प्रदेश सरकारले संविधान दिवसलाई भव्य रूपमा मनाउने तयारी गरेको छ । आगामी असोज ३ गते हुने संविधान दिवसलाई विविध कार्यक्रमसहित मनाउने निर्णय बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले गरेको हो ।

बैठकले ५०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ, जसमा प्रदेश तथा स्थानीय तहका सबै निकायको प्रतिनिधित्व रहनेछ ।

उक्त दिवसलाई उत्सवमय बनाउन वक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रभात फेरि, झाँकी प्रदर्शनीलगायत कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रमको समन्वय आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत हुने जनाइएको छ ।

More From Author

मन्दिरमा साँझपख मात्र पूजा–आराधना हुने अनौठो परम्परा

तीज गीत उत्कृष्ट मोडल अवार्ड स्मारिका ढकालले जितेकी छिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *