मन्दिरमा साँझपख मात्र पूजा–आराधना हुने अनौठो परम्परा

धनकुटा भाद्र १२ -ः धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका–३ मा अवस्थित प्रसिद्ध छिन्ताङ्ग (जाल्पा) देवी मन्दिर धार्मिक आस्था र श्रद्धाको प्रमुख गन्तव्यका रूपमा परिचित छ । विशेषतः यो मन्दिरमा साँझपख मात्र पूजा–आराधना हुने अनौठो परम्परा रहेको छ, जसलाई आजसम्म पनि भक्तजनहरूले निरन्तरता दिएका छन् ।

स्थानीय बासिन्दा र धार्मिक विश्वासअनुसार देवी छिन्ताङ्ग (जाल्पा) शक्तिशाली तथा जाग्रत देवी हुन्, जसलाई बिहान वा दिउँसो पूजा गर्न मिल्दैन भन्ने मान्यता छ । यही कारण साँझपख देवी मन्दिरमा विशेष भीड लाग्ने गर्दछ ।

मन्दिरमा दैनिक सयौं भक्तजन पुग्ने गरेका छन् भने विशेष पर्व तथा मेलामा त हजारौंको संख्यामा भक्तजन उपस्थित हुने गर्छन् । दशैं, चैतेदशैं, अष्टमी लगायतका पर्वमा यहाँ भव्य मेला लाग्ने परम्परा रहेको छ, जसमा स्थानीय संस्कृति, भक्ति, वाद्यवादन र सामुदायिक मेलमिलाप झल्किन्छ ।

मन्दिरको व्यवस्थापन भने स्थानीय समितिहरू र सरोकारवालाहरूको सक्रियतामा चल्दै आएको छ । मन्दिरमा आउने भक्तजनको सुविधा, मेलापर्वको तयारी, सरसफाइ र धार्मिक अनुष्ठानहरूको निरन्तरतामा गाउँपालिका र स्थानीयबासीले उल्लेखनीय योगदान दिँदै आएका छन् ।

More From Author

मेची नदीमा आएको बाढीले नेपाल–भारत सीमा स्तम्भ भत्काएको छ।

संविधान दिवसलाई विविध कार्यक्रमसहित मनाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *