मेची नदीमा आएको बाढीले नेपाल–भारत सीमा स्तम्भ भत्काएको छ।

मेची भाद्र १२ -ः मंगलबार राति आएको बाढीका कारण मेचीनगर–१५ लिम्बुडाँडास्थित मेची नदी किनारमा रहेको ९२/११ नं सहायक सीमा स्तम्भ भाँचिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

घटनापछि स्थानीयवासीमा सीमा निर्धारणबारे चिन्ता बढेको छ। मेचीनगर–१५ का वडा अध्यक्षले स्तम्भ तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै भने, “सीमा स्तम्भ हाम्रो राष्ट्रिय पहिचान र भू–स्वामित्वसँग जोडिएको विषय हो, त्यसैले तत्काल ध्यान दिनुपर्छ।”

यसैबीच, इलाका प्रशासन कार्यालय काँकडभिट्टाले सशस्त्र प्रहरी, सर्वेक्षण विभाग र भारतीय पक्षसँग आवश्यक समन्वय गरी स्तम्भ पुनःस्थापना प्रक्रिया अघि बढाइने जनाएको छ। प्रशासनका अनुसार बाढीले नदी किनारमा क्षति पुर्‍याएको क्षेत्रको थप सर्वेक्षण कार्य पनि सुरु गरिनेछ।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

भुइख्यः जग्गा सम्बन्धी विवाद

मन्दिरमा साँझपख मात्र पूजा–आराधना हुने अनौठो परम्परा

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Recent Posts