
काठमांडौ -ः नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दिवस तथा “फोनिज अवार्ड–२०८२” को विशेष समारोह २०८२ साल श्रावण २७ गते भव्य रूपमा सम्पन्न भयो।
यस समारोहमा प्रमुख अतिथिको रूपमा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्ग सहभागी भए।
समारोहमा मन्त्री गुरुङ्गले आदिवासी जनजातिका पत्रकारहरूको भूमिका, स्वतन्त्र पत्रकारिताको महत्व, तथा बहुजातीय, बहुभाषिक समाजमा सञ्चारको भूमिकाबारे मन्तव्य राख्दै विविधता समेट्ने पत्रकारिताको आवश्यकता औँल्याएका थिए।
उक्त कार्यक्रममा १२ जना पत्रकारहरूलाई “फोनिज राष्ट्रिय अवार्ड–२०८२” प्रदान गरिएको थियो भने पत्रकारितामा योगदान पुर्याउनेहरूलाई सम्मानपत्र, खादा, दोसल्ला र नगद पुरस्कार प्रदान गरिएको थियो।
फोनिज अध्यक्ष लोकबहादुर चौधरी (लक्की) को अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो।



